काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरूको अन्तर्राष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरूलाई सम्मान गरेको छ ।
पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडिआरटि सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम उल्लास, उत्सव र व्यवसायीक क्षमता अभिवृद्धिका लागि सोच परिवर्तन तालिमका साथ भव्य रुपमा सम्पन्न भएको हो ।
कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यहाँहरूले गरेको उपलब्धिलाई कम्पनीले सदा सम्मान गर्ने बताए ।
यस पटकको सम्मान कार्यक्रम उत्सव मात्र नभएर महा उत्सवको रुपमा रहेको बताए ।
ख्यातीप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङ नेतृत्वको टिमले २ दिने रचनात्मक तरिकाले सहभागीहरूलाई व्यवसायीक क्षमता अभिवृद्धि गर्न सोच परिवर्तन र उत्प्रेरणका सन्दर्भमा तालिम प्रदान गरेको कम्पनीले जनाएको छ ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै एमडिआरटि हुनु भनेको अभिकर्ताहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउनु रहेको बताए ।
सम्बोधनकै क्रममा नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अभिकर्ताहरूले प्रयास गरे केही असम्भव नहुने बताए । अन्य सहभागीहरूलाई सम्मानित अभिकर्ताहरूबाट सिक्न र जोस जागरका साथ काम गर्न हौसला प्रदान गरे ।
उक्त कार्यक्रममा मुख्य आकर्षण एमडिआरटि सम्मान, व्यवसायीक क्षमता अभिवृद्धिका लागि सोच परिवर्तन तालिमका साथै पोखरा र आसपासमा रहेका धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण रहेको थियो । कार्यक्रममा एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरूका साथै उच्च व्यवस्थापन टिम गरी करिब २५० जनाको उल्लेख्य सहभागिता रहेको थियो ।




