आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । यतिबेला (आइतबार बिहान) कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागको मौसम आंशिक बदली छ । तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

‘बुलेटिनमा भनिएको छ, ‘बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’ आज बिहान ६ बजेर ५३ मिनेट जाँदा सूर्योदय भएको छ । सूर्यास्त साँझ पाँच बजेर ४० मिनेटमा हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री