काठमाडौं । डिजिटल वालेट आईएमई पेले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा रु ५०० बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ । विश्वको जुनकुनै देशमा रहेर कमाएको पैसा आईएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ ।
आईएमई पेमा रकम प्राप्त गर्दा रु दश हजार सम्ममा ७५ रुपैयाँ बोनस प्राप्त हुनेछ । कारोबारको रकम अनुसार पचास हजार, एक लाख र दुई लाख सम्ममा क्रमश १००, २०० र रु ५०० सम्म बोनस प्राप्त गर्न सकिनेछ ।
कारोबारमा संलग्न एकजनाले महिनाको दुई पटक सम्म बोनस प्राप्त गर्न सक्नेछन् । यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घर सम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ ।
आफन्तको पैसा आईएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमुलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए ।




