काठमाडौं । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रति १० ग्राम सुनको मूल्य १ लाख ३५ हजार ३ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६ सय ६० रुपैयाँ ५० पैसा कायम भएको छ ।
प्रतिकृया दिनुहॊस