काठमाडौं । ‘कथा ७२’ सिनेमाले आफ्नो पहिलो गीत रिलिज गरेको छ। सिनेमामा समाविष्ट तामांग भाषाको गीतको रिलिज गरिएको हो । सिनेमा मंसिर २८ गते शुक्रबार रिलिज हुँदैछ।
‘कथा ७२’ मा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामांङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय रहेको छ । सार्वजनिक गीतमा गरिमा गुरुङ र अमन बिक्रम शाहको संगीत रहेको छ ।
गरिमा गुरुङको शब्द रहेको गीतमा स्वर पनि गरिमा गुरुङकै रहेको छ । भूकम्पको कथामा बनेको सिनेमाले एउटा यात्राको कथा बोकेको छ ।
प्रतिकृया दिनुहॊस