फाइल तस्वीर

रास्वपा कास्कीले भन्यो- रवि लामिछानेकाे रिहाइ सत्यको जीत

पोखरा । केन्द्रीय सभापति रवि लामिछाने धरौटीमा रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीले सत्यको जित भएको बताएको छ । रास्वपा कास्की सभापति यदुनाथ अधिकारीले विज्ञप्ति जारी गर्दै ढिलै भए पनि सत्यको जित भएको बताएका हुन् ।

‘ढिलै भए पनि सत्यको जित भएको छ,’ ‘८४ दिनदेखि विना कसुर हिरासतमा रहनु भएको थियो । अदालतले उहाँलाई ६५ लाख धरौटीमा रिहाइ गर्ने आदेश दिएको छ ।’ अदालतको आदेशप्रति रास्वपाले आभार व्यक्त गरेको छ । सभापति यदुनाथ अधिकारीले रिहाइका लागि साथ दिनेहरूलाई धन्यवाद दिएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रबार साँझ ७ …

प्रतिकृया दिनुहॊस