सेयर बजार बिहीबार दोहोरो अंकले घट्यो

काठमाडौँ । ६ दिनसम्म निरन्तर बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले घटेको । अघिल्लो कारोबार दिन बुधबार ६.५३ अंकले बढेको बजार बिहीबार १८.१४ अंकले बढेर २ हजार ६३५.०९ विन्दुमा बन्द भएको हो ।

बिहीबार ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको घटेको छ । बाँकी रहेका ७ कम्पनीको शेयरमूल्य स्थिर छ।

आज बराही हाइड्रोपावर र हिमालयन पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार सुपर मादी हाइड्रोपावरको भएको छ । कम्पनीको ४४ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री