काठमाडौं । नेपाली बजारमा साताको पाँचौँ दिन आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिकृया दिनुहॊस