दुर्गा प्रसाईविरुद्ध फेरि मुद्दा दायर

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सीआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा बुधबार संगठित अपराध तथा अपराधिक लाभ मुद्दा दायर गरेको हो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई प्रसाईले धम्काएको अभियोगपत्रमा उल्लेख छ । प्रसाईविरुद्ध नेपाल राष्ट्र बैंकका साथै व्यवसायीहरू पवन गोल्यान र दीपेन्द्र अग्रवालले उजुरी दिएको बताइएको छ । सीआइबीले प्रसाईसहित हरिचन्द्र फुयल तथा रामचन्द्र मैनालीलाई पनि प्रतिवादी बनाएको छ ।

तर सीआइबी अनुसन्धान अधिकृतहरूसँगको बयानमा प्रसाईले धम्की दिएको आरोप अस्वीकार गरेका छन् । यसअघि प्रसाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा अपलोड गरेको कसुरमा पक्राउ परेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस