फाइल फोटो

सातदोबाटोस्थित अवैध कल सेन्टरमा छापा, ५३ जना पक्राउ

काठमाडौं । ललितपुरको सातदोबाटोमा सञ्चालन भइरहेको अवैध कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारी ५३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा गएको टोलीले सोमबार राति छापा मारेको हो ।

सीआईबीकाअनुसार पक्राउ पर्नेमा दुई जना भारतीय नागरिकसहित बाँकी सबै नेपाली छन् । छापामार्ने क्रममा ८५ वटा ल्याप्टप र ८२ वटा मोबाइल जफत गरिएको छ । प्रारम्भिक अनुसन्धानले उक्त कल सेन्टरबाट अनलाइन जुवा र अन्य अवैध गतिविधि सञ्चालन भइरहेको खुलासा भएको छ ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी रहेको छ । अब अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस