भूकम्पबाट चीनमा हालसम्म ९ जनाको मृत्यु पुष्टि

काठमाडौं । आज (मंगलबार) बिहान तिब्तको सिगात्से सहर केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी चीनमा अहिलेसम्म कम्तीमा नौं जनाको मृत्यु पुष्टि भएको छ । केहि घरहरु भत्किएका छन् ।

चीनको सरकारी सञ्चारमध्यम सीसीटीभी न्युज नेटवर्कका अनुसार सिगात्सेको डिङ्ग्री काउन्टी केन्द्रबिन्दु भएर गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी ९ जनाको मृत्यु भएको पुष्टि भएको हो । यो क्षति प्रारम्भिक विवरण भएको जनाइएको छ । विस्तृत विवरण आइसकेको छैन ।

उक्त भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्र हुँदै काठमाडौँ उपत्यकासम्म महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस