काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबार दिन ४.१९ अंकले बढेको बजार आइतबार २१.१२ अंकले घटेर २ हजार ६०९.५८ विन्दुमा बन्द भएको हो ।
आइतबार ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका कम्पनीहरुमध्ये ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको घटेको छ । बाँकी रहेका २ कम्पनीको शेयरमूल्य स्थिर छ ।
आज आत्मनिर्भर लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ । बैंकको २६ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
तपाईंको प्रतिकृया




