यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण

काठमाडौँ । यामाहा नेपालले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत नेपालभरका ब्लू स्ट्रिक्स च्याप्टर लिडरहरूको लागि विशेष रोड मार्शल तालिमको आयोजना गरेको छ। यस तालिमले यामाहाका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्ने आवश्यक सीपहरू प्रदान गर्ने उद्देश्य राखेको छ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम र मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारमा केन्द्रित थियो। यामाहाको उद्देश्य आफ्नो राइडर समुदायमा जिम्मेवारी र सुरक्षा संस्कृतिको प्रवर्द्धन गर्नु र सवारीको सहजता र सुरक्षा सुनिश्चित गर्नु हो।

कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौं, भक्तपुर, पोखरा लगायतका क्षेत्रका च्याप्टर लिडरहरूको सहभागिता थियो। तालिमले यामाहा राइड(आउट) कार्यक्रमहरू र सामूहिक सवारीलाई दुर्घटनारहित बनाउनका लागि लिडरहरूलाई रोड मार्शलको भूमिकामा सशक्त बनाउने लक्ष्य राखेको थियो।

एमएडब्लू राइड्सका प्रमुख कार्यकारी अधिकारी दीपक कुमार अग्रवालले यस पहलको महत्त्व उल्लेख गर्दै, “नेतृत्व भनेको मार्गदर्शन मात्र होइन, यो जिम्मेवारी पनि हो। ब्लू स्ट्रिक्स लिडरहरूलाई सुरक्षित र आत्मविश्वासका साथ सवारीको नेतृत्व गर्न आवश्यक सीप दिन यामाहा प्रतिबद्ध छ,” भने।

ब्लू स्ट्रिक्स कार्यक्रम यामाहाका लागि एक राइडर कम्युनिटी पहल हो जसले सवारीचालक सुरक्षा, सामुदायिक संलग्नता र नेतृत्व विकासमा जोड दिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री