आसिफ शेख बने ‘आइएमई पे’ को ब्राण्ड एम्बेसेडर

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले एक कार्यक्रम माझ नेपाली क्रिकेटर आसिफ शेखलाई ब्राण्ड एम्बेसेडर घोषणा गरेको छ ।

नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर ब्याट्सम्यानको रुपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूमा कम उमेरमै कैयौँ कीर्तिमान प्राप्त गरिसकेका छन् ।

‘नेपाली क्रिकेटको लागि हाम्रो समर्थन जारी राख्दै, हामी विश्वास गर्छौं कि यो साझेदारी खेलकुद र डिजिटल भुक्तानीलाई जोड्ने एक उत्कृष्ट कदम हुनेछ,यो साझेदारीले डिजिटल फाइनान्सको सम्भाव्यतालाई नेपाली क्रिकेटको जोससँग जोड्न महत्वपूर्ण कदम चालेको’ आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री