एनएमबि बैंकको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने

काठमाडौं । एनएमबि बैंक लिमिटेडको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने भएको छ ।

बैंकको डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले आगामी मंसिर २८ गते शुक्रवार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिवार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने भएको हो ।

बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा आउने छैनन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री