लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित

इलाम । विभेदमा परेका चिया प्रशोधन कारखानामा कार्यरत महिला श्रमिक एकताबद्ध हुन थालेका छन् । प्रशोधन कारखानाले ज्यालादारीदेखि काममा समेत विभेद गर्न थालेकाले पाँचथर र इलामका महिला एकजुट भएर सङ्गठन समेत खोलेका हुन् ।नवगठित अर्थोडक्स श्रमिक महिला

मञ्चकी सचिव देवुका आचार्यले कारखानामा महिला र पुरूष श्रमिकबीचको विभेदविरूद्ध आवाज उठाउन सङ्गठन खोलिएको जानकारी दिइन् । “प्रशोधन कारखानामा अहिले पुरूषलाई रु ४०० र महिलालाई रु ३०० ज्याला दिइन्छ ।” आचार्यले भनिन् “हामी महिला भएकै कारणले ज्यालामा विभेद गरिएको हो । एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?”

उनका आचार्यका अनुसार मञ्चमा दुई जिल्लाका सबै प्रशोधन केन्द्रका एक÷एक महिला समेटिएको छ । सङ्गठनका अन्य सदस्य आवश्यकताअनुसार थप गर्दै लगिने छ । “हामी सङ्गठनभित्र काम गर्दा सबै समस्या सुनुवाइ हुँदैन र एक्लै सबै समस्या भन्नसमेत सकिँदैन । त्यसैले एकताबद्ध भएका हौँ”, सचिव आचार्यले भनिन्, “महिला श्रमिकलाई श्रमिक ऐन, कानून समेत जानकारी गराउन सङ्गठन आवश्यक परेको हो ।”

स्थापनापछि उक्त सङ्गठनले बचतसमेत सङ्कलन गर्न थालेको छ । मासिक रु १०० बचत सङ्कलन र उक्त रकम महिला श्रमिकलाई आवश्यक परेकाका बेला ऋण स्वरुप उपलब्ध गराइने व्यवस्था गरिएको अध्यक्ष होमकुमारी आचार्यले बताइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सातै प्रदेशमा मुटु रोग उपचार पुर्‍याउने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडाैं । सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस

This will auto close after