काठमाडाैं । देशकै पुरानो र अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो २५ वर्षको सफल यात्रा र २९ वर्षसम्मको सेवाप्रवाह पश्चात आफ्नो लाइसेन्स नवीकरण प्रक्रियामा प्रवेश गरेको छ। २०८१ मंसिर १३ गतेदेखि लागू हुने गरी वर्ल्डलिंकले कानूनी प्रक्रिया अनुसार लाइसेन्स नवीकरण गर्ने कामलाई अघि बढाएको छ।
कम्पनीले आफ्नो प्रेस विज्ञप्तिमार्फत यो प्रक्रिया नेपाल सरकार, नियामक निकाय र सम्बन्धित सबै निकायसँगको सहकार्यमा अघि बढाइएको बताएको छ। यस क्रममा आवश्यक शुल्क भुक्तानी र कानूनी प्रक्रियाहरू पूरा गरिरहेको वर्ल्डलिंकले ग्राहकलाई गुणस्तरीय सेवा निरन्तरता र विश्वसनीयताको प्रतिबद्धता जनाएको छ।
समर्पण र ग्राहक सेवाप्रति प्रतिबद्धता : वर्ल्डलिंकले आफ्नो सेवा तथा गतिविधिहरूलाई देशको दूरसञ्चार नीतिसँग अनुरूप बनाउँदै ग्राहकहरूको सेवा, सहजता र विश्वासमा केन्द्रित रहेको बताएको छ। विज्ञप्तिमा उल्लेख गरिएअनुसार, कम्पनीले आफूलाई इन्टरनेट सेवा प्रदायकको रूपमा मात्रै नभई उच्चतम गुणस्तरका सेवाहरू उपलब्ध गराउने विश्वसनीय ब्रान्डका रूपमा स्थापित गर्न निरन्तर प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।
ग्राहक र सरोकारवालाहरूलाई धन्यवाद : वर्ल्डलिंकले आफ्नो २५ वर्षको यात्रा सफल बनाउन सहयोग गर्ने ग्राहक, कर्मचारी, नियामक निकायहरू र अन्य सरोकारवालाहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको छ। कम्पनीले आफ्ना ग्राहकहरूको माया, विश्वास र समर्थनप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा दिने वाचा गरेको छ।
गुणस्तरीय सेवा विस्तारमा ध्यान : नेपालको डिजिटल क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको वर्ल्डलिंकले आफ्नो सेवा अझ सुलभ, सुरक्षित र भरपर्दो बनाउन निरन्तर कार्यरत रहनेछ। यसले कम्पनीलाई ग्राहकहरूको भरोसा कायम राख्न सहयोग गर्ने विश्वास गरिएको छ।
यस सन्देशले वर्ल्डलिंकले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध र सक्षम रहेको झल्काउँछ ।




