लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको कमाईबाट लाभांश घोषणा गरेको छ। बैंकको यहि मङ्सिर १४ गत बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको कमाईबाट लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ।

बैंकले ५ दशमलब २५ प्रतिशत लाभांश प्रस्ताव गरेको नेप्सेले जनाएको छ। प्रस्तावित लाभांश मध्ये ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब २६ प्रतिशत नगद लाभांस रहेको छ।

यस अवधिमा बैंकको चुक्तापुंजी २३ अर्ब १८ करोड रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको मितिसम्म कायम शेयरधनीहरुले लाभांश पाउनेछन।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री