एनसीएचएल र क्यानबीच एनपीएलको लागि साझेदारी

काठमाडौं । क्रिकेट एशोसियसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल प्रिमियर लिग २०२४ (एनपीएल २०२४) को Official Umpire Partner को रूपमा नेपाल पे नेपालको आफ्नै क्यूआर हुनेगरी साझेदारी भएको छ । उक्त साझेदारीको घोषणा क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले एक कार्यक्रममा गरेका हुन् ।

राष्ट्रिय स्तरको भुक्तानीको पूर्वाधारहरु प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको छ । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएकोे छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपाल पे क्यूआर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायम गर्दै आएको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट नेपाल पे क्यूआरमा सहजै भुक्तानी गर्न सक्ने ब्यवस्था रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि राजमार्ग अवरुद्ध

काठमाडौं ।  मदिरा तस्करी गर्नेले गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्युपछि लहानमा तनावग्रस्त …

प्रतिकृया दिनुहॊस