कांग्रेस उपसभापतिकी पूर्वपत्नीसहित दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्ने तयारी

काठमाडाैं । ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको करोडौं रकम अपचलन भएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई जनाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिफारिस गरेको छ।

ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सीआईबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको सीआईबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेखेको छ ।

सीआईबीले मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ । यसमा सहकारीले पाँच जनाविरूद्ध जाहेरी दिएको छ ।

रेड कर्नर नोटिस सिफारिस भएकी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन् । उपसभापति गुरूङले आफूहरूबीच सम्बन्धविच्छेद भइसकेको बताउँदै आएका छन् । तर, उनले केही समय अघिसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको भेटिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनुषामा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु, आक्रोशित स्थानीयले जलाए बस

काठमाडाैं । धनुषाको धनौजीमा स्कुल बसले किच्दा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ …

प्रतिकृया दिनुहॊस