ज्योति विकास बैंकका ग्राहकलाई ‘जंगल भिला रिसोर्ट’मा छुट

काठमाडाैं । ज्योति विकास बैंकले कसरा, चितवनस्थित ‘जंगल भिला रिसोर्ट’मा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। सम्झौता अनुसार ज्योति विकास बैंकका ग्राहकले उक्त रिसोर्टमा खाना, बेभरेज तथा रुम चार्जमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ।

हालै बैंकले कमलपोखरीस्थित अचारगृह दरबारमार्गस्थित महोत्सव रेस्टुरेन्ट एन्ड बार, हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट एन्ड बार तथा कमलादीस्थित क्याफे लायन हार्ट तन्दुरी किचनमा बैंकका ग्राहकले १० प्रतिशतसम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका ग्राहकलाई मणिपाल शिक्षण अस्पतालमा छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा …

प्रतिकृया दिनुहॊस