ग्लोबल बैंकका ग्राहकलाई मणिपाल शिक्षण अस्पतालमा छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले बैंकका डेबिट/क्रेडिट कार्ड एव्म बैंकको मोबाइल एप (ग्लोबल स्मार्ट प्लस) प्रयोगकर्तालाई स्वास्थ्य सेवाहरुमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेे बैंकले जनाएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन् ।

बैंकका अनुसार छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरु उपभोग गर्न बैंकको डेबिट तथा क्रेडिट कार्ड वा मोबाईल बैंकिङ्गको प्रयोग गरी बिल भुक्तानी गर्नुपर्नेछ । साथै, अस्पतालमा बैंकका ग्राहकहरुले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकका ग्राहकलाई ‘जंगल भिला रिसोर्ट’मा छुट

काठमाडाैं । ज्योति विकास बैंकले कसरा, चितवनस्थित ‘जंगल भिला रिसोर्ट’मा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको विशेष …

प्रतिकृया दिनुहॊस