जोशी हाइड्रोपावरको आईपीओ खुल्यो, कति कित्तासम्म आवेदन दिन पाइन्छ?

काठमाडाैं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेले आजदेखि प्राथमिक शेयर (आईपीओ)को लागि आवेदन खुला गरेको छ । इलामको पुवा खोलामा ३ मेवागाटको जलविद्युत् उत्पादन गरेर २०७१ को माघ १ गतेबाट व्यवसायिक उत्पादन थालेको यो जलविद्युत कम्पनीले आजबाट शेयर बिक्रीको लागि आवेदन खुला गरेको छ ।

यो आयोजनाले सर्वासधारणका लागि १६ लाख ९० हजार  हजार ४ सय ७० कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । अायोजनाले न्युनतम ५० कित्तादेखि अधिकतम ८ लाख कित्तासम्मको लागि आवेदान माग गरेको छ । यसको शेयर निष्कासन बन्द हुने मिति छिटोमा मंसिर १९ र ढिलोमा पुस १९ रहेको छ ।

यो कम्पनीको अधिकृत पुँजी ४५ करोड रुपैयाँ रहेको छ । जारी पुँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । यसको चुक्ता पुँजी २० करोड रुपैयाँको छ । यसमध्ये हाल यो कम्पनीले १६ करोड ९० लाख रुपैयाँ संकलन गर्न आइपीओ जारी गरेको हो । यसले सर्वसाधारणबाट १२ करोड र संगठित संस्थाबाट ४ करोड ९० लाख गरी कुल १६ करोड ९० लाखको लागि आइपीओ जारी गरेको हो ।

आइपीओबाट संकलन भएको रकम बैंकको ऋण तिर्न उपयोग गरिने पनि कम्पनीले जनाएको छ । यसले यसले आयोजना प्रभावित क्षेत्रका लागि ३ लाख ७१ हजार ४ सय कित्ता छुटयएको थियो । यसमध्ये आवेदन नपरेको १ लाख २९ हजार ३९० कित्ता र सर्वसाधारणको लागि छुट्याएको १५ लाख ५५ हजार २३३ कित्ता शेयरको लागि आइपीओ निष्काशन गरेको हो ।

यो कम्पनीले २०७० जेठ १२ मा विद्युत उत्पादनको अनुमति पाएको र यसको अनुमति ३१ वर्ष बाँकी छ । यसले साधारण लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० वर्षलाई राखेको छ । यस कम्पनीले हाल प्रतिशेयर आम्दानी ३.३ रुपैयाँ छ । यसले तीन वर्षमा यस्तो आम्दानी ६ रुपैयाँ पुराउने उल्लेख गरेको छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री