काठमाडाैं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आजदेखि संस्थापक शेयरधनी कायम हुने गरी चुक्ता पूँजीको १०५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुकालागि एक कित्ता बराबर १.०५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँको दरमा १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद शेयर निष्कासन गरेसँगै चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासनसँगै संस्थापक शेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारण तर्फ ४८.७८ प्रतिशत पुग्नेछ । कम्पनीले पुष २२ गतेसम्म हकप्रद शेयर निष्कासन गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
हकप्रद आवेदनकालागि एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ ।




