मिस वर्ल्ड हेड टु हेड च्यालेन्जमा सिंगापुरसँग पराजित भइन् श्रृंखला

काठमाडाैं । मिस वर्ल्ड २०१८ को हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी मिस नेपाल श्रृंखला खतिवडा दोश्रो राउण्डमा भने पराजित भएकी छिन् । उनी मिस सिंगापुरसँग पराजित भएकी हुन् । दोस्रो चरणमा श्रृंखलाले मिस वर्ल्ड सिंगापुर भेनिसा पेहलाई प्रतिस्पर्धीको रुपमा पाएकी थिइन् ।

दोस्रो राउन्डमा गएका २० जनालाई एकआपसमा हेड टु हेड च्यालेन्जमा भिडाइयो । नेपालको सामना भएको थियो सिङ्गापुरकी सुन्दरीसित। तीन जना पूर्व मिस वर्ल्डहरुले दुई जनाको स्पिच सुनेर जित हारको टुङ्गो लगाएका थिए । तीनै जनाले नेपालको साटो सिङ्गापुरलाई चुने । फलस्वरुप मिस नेपाल हैन मिस सिङ्गापुर मिस वर्ल्डको टप ३० मा पुगिन् । 

त्यो माथिको फोटोमा पहेँलो रङ लगाएको जति देशका सुन्दरी हेड टु हेड च्यालेन्जबाट टप ३० मा पुगेका हुन् । उनी यो राउण्डमा विजेता भएको भए फाइनलका लागि अन्तिम ३० मा छानिन्थिन् । अझै पनि टप ३० मा पुग्ने सम्भावना भने कायमै छ । तर यसमा तपाईँको भोट काम लाग्दैन। अब जजहरुले छान्ने छन् कुन सुन्दरीलाई टप ३० मा लाने भनेर ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यस्तो छ चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकअप’

काठमाडौँ । नेपाली चलचित्र ‘छक्का पञ्जा-५’ को गीत ‘ब्रेकप’ सार्वजनिक भएको छ । आगामी असोज …

प्रतिकृया दिनुहॊस