आइएमई पेबाट रु. १ मा हवाई टिकट

काठमाडौँ । आइएमई पे ले आउँदै गरेको नेपालीहरूको महा चाडपर्व– दसैँ, तिहार र छठलाई लक्षित गरी मात्र रु. १ मा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने यस योजना अन्तर्गत आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरूले रु. १ मा टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भाग्यशाली विजेताहरूले खरिद गरेको हवाई टिकटको रु. १ अतिरिक्तको रकम क्यासब्याक प्रोमोकोड स्वरूप विजेता घोषणा गरेपश्चात प्राप्त गर्नेछन् ।

साथै आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा रु. ८१ क्यासब्याक प्राप्त गर्ने मौका पनि रहेको छ भने हरेक दिन हवाई टिकट खरिद गर्ने ३० जना सेवाग्राहीहरूले चन्द्रागिरि हिल्स केबलकार, मौलाकाली केबलकार र लुम्बिनी केबलकारको टिकटको लागि क्यासब्याक प्रोमोकोड पनि जित्ने मौका पाउँछन् ।

चाड पर्वको लहर धमाधम सुरु भएको मौका पार्दै गाउँघर जाने वा आन्तरिक पर्यटनमा निस्किने सेवाग्राहीहरूलाई लक्षित गरी आइएमई पेले यस अफर सार्वजनिक गरेको हो ।

आइएमई पे प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले यस अफरलाई आइएमई पेका सेवाग्राहीहरू माझ महान् चाडपर्वको अवसरमा कृतज्ञता र उपहार स्वरूप समर्पण गरिएको जानकारी दिए ।

साथै आइएमई पे मार्फत टिकट खरिदमा समयको अनिश्चिततालाई ध्यानमा राखी सेवाग्राहीहरूले आफ्नो हवाई टिकटलाई पूर्ण रूपमा फिर्ता योग्य गरेर आफ्नो लगानी सुरक्षित गर्न र आर्थिक नोक्सानको चिन्ता बिना आफ्नो यात्राको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ । आइएमई पेका प्रयोगकर्ताहरूले हवाई टिकट खरिद गर्ने समयमा ‘IME Pay Refundable’ विकल्प सजिलैसँग स्विच गर्न सक्छन् र थोरै प्रिमियम तिरेर यसको फाइदा पूर्ण उठाउन सक्छन् ।

योजनाहरूमा परिवर्तन आउँदा, प्रयोगकर्ताहरूले कम्पनीको ग्राहक सेवामा समर्पित कर्मचारीलाई सम्पर्क गरेर फिर्ताको अनुरोध प्रारम्भ गर्न सक्ने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी वालेटले चाडपर्वको अवसरमा प्रतिरेमिट भुक्तानीमा ७०० रुपैयाँसम्मको क्यासब्याक दिने

काठमाडौं । सिटी वालेट प्रालिले दसैँ, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक प्रस्तावहरूको घोषणा गरेको …

प्रतिकृया दिनुहॊस