सांकेतिक तस्बिर

धिरेन्द्रले गोली हानेर गरे पत्नीको हत्या, एक महिनाअघि मात्रै कुवेतबाट फर्किएका थिए

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बिहीबार राति करिब १ बजेतिर हरिपूर्वा नगरपालिका-५, हरिपूर्वाका २७ वर्षीय धिरेन्द्र यादवले २३ वर्षकी श्रीमती चित्रलेखा यादवको गोली हानी हत्या गरेका हुन् ।

उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वैदेशिक रोजगारीमा रहेका धिरेन्द्र एक महिना अगाडिमात्रै घर आएका थिए । उनी घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा भइरहन्थ्यो । त्यसपछि उनी घरबाट हिँडेका थिए । गएराति एक्कासी एकजना साथीसँग मोटरसाइकलमा आएको र घरमा गोली प्रहारको घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।

गोली हानेर फरार भएका उनको खोजी भइरहेको छ । फरार धिरेन्द्रले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भैंसेपाटी प्रभागकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । इन्सपेक्टर शाहीमाथि …

प्रतिकृया दिनुहॊस