संगठित अपराधको मुद्दा चल्ने रविको डर

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । गोर्खा मिडिया नेटवर्कद्वारा सहकारीको बचत रकम अपचलनको आरोपमा पूर्व डीआईजी छविलाल जोशीको पक्राउले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा गम्भीर हलचल मच्चिएको छ । पक्राउपछि जोशीको बयान भनेर आएको सूचनाहरुले सभापति रवि लामिछाने र अन्य नेताहरूलाई चासो र चिन्तामा पारिदिएको छ ।

छवि समातिएपछि काठमाडौंमा उपलब्ध नेताहरु आन्तरिक छलफल गरेर रवि लामिछाने पक्राउ परे प्रतिवाद गर्ने चेतावनी दिए । प्रतिवाद गर्नकै निम्ति राजधानीमा रहेका नेता-कार्यकर्तालाई आइतबार नै केन्द्रीय कार्यालय बोलाइएको थियो । तर मंगलबार फेसबुक लाइभमा भने लामिछानेले त्यसदिनका गतिविधिलाई डराएका रुपमा बुझ्न नहुने तर्क गरे ।

बरु उनले सरकारले संगठित अपराध र सहकारी ऐन अनुसार कारबाही चलाउने कोशिस गरिरहेको बताए । ‘हरेक प्रकरणमा मैले कानुनी बाटो गएर, अदालत पुगेर, प्रहरी पुगेर त्यसको प्रक्रियाबाट म बाहिर निस्केको छु’, उनले भने, ‘यहाँ पनि म जान्छु । मुद्दा चाहिँ के हो रु कहीँ संगठित अपराधको मुद्दा लगाउन सकिन्छ कि भनेर कोशिस भइरहेको छ । बस् यो चलखेल सरकारले नगरोस् । मेरो यति मात्र बिन्ती छ ।’

लामिछानेले दशैँ, तिहारजस्ता पर्वको अवसर पारेर आफूलाई पक्राउ गरिनसक्ने अनुमान गरे । तर त्यसरी पक्राउ गरिए प्रतिवादमा उत्रने उनले चेतावनी पनि छ । ‘सरकारले अन्याय गर्‍यो भने नागरिकले नबचाए कसले बचाउने ?’, उनले भने, ‘हिजो पनि न्यायका निम्ति साथीहरूले सघाउनु भएको हो, आज पनि अन्याय गर्‍यो सरकारले भने चाहिँ दशैँ, तिहार, छठ जेसुकै हुन्छ अन्यायका विरुद्धमा उठ्नुहोला ।’

मुकुल भन्छन्- रवि जेल जाने निश्चित, आजीवन चुनाव लड्न पाउने छैनन्
रास्वपाका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछाने जेल जाने निश्चित रहेको दाबी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ढकालले रवि जेल जाने निश्चित भएको दाबी गरेका हुन् । ‘सहकारीको विषय लगभग टुंगिन लागेको छ,’ उनले भनेका छन्m ‘रवि लामिछाने जेल जाने निश्चित छ ।’

सहकारीको विषय लगभग टुंगिन लागेको भए पनि राहदानी दुरुपयोगको विषय बाँकी रहेको उनको भनाई छ । लामिछानेको दोहोरो राहदानीको मुद्दा टुंगो लागे लामिछानेले आजीवन निर्वाचन लड्न नपाउने उनको ठोकुवा छ । ‘सहकारीको विषय लगभग टुंगिन लागेको छ । रवि लामिछाने जेल जाने निश्चित छ । अब कुरा गरौँ राहदानी दुरुपयोगको प्रमाणका बारेमा । ९ फागुन २०७० मा अमेरिकी नागरिकता र सोही वर्ष २१ फागुनमा अमेरिकी राहदानी लिएका रवि लामिछाने २२ जेठ २०७१ मा नातेदार भिसामा नेपाल आएका थिए । १३ जेठ २०७२ मा उनले पुरानै नागरिकता विवरण राखेर नेपाली राहदानी लिए,’ ढकालले लेदेका छन्, ‘त्यसपछि उनले ४ जेठ २०७५ मा अमेरिकी नागरिकता र राहदानी त्याग्न दूतावासमा निवेदन दिएका थिए । १३ जेठ २०७२ देखि ४ जेठ २०७५ सम्म उनीसँग नेपाल र अमेरिका दुवै देशको राहदानी रहेको देखिन्छ । दोहोरो राहदानीको यो मुद्दा टुंगो लागे रवि लामिछाने आजीवन नेपालको कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भैंसेपाटी प्रभागकी इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ । इन्सपेक्टर शाहीमाथि …

प्रतिकृया दिनुहॊस