प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ लाभांश दिने युनिलिभर नेपालको घोषणा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबारबसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ नाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।

गत वर्ष यस कम्पनीले एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो । कम्पनीले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुक क्लोज गरेको छ ।

असोज २३ गतेसम्म यस कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ता मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस