बालबालिकालाई ज्योति विकास बैंकको कृत्रिम हात हस्तान्तरण

काठमाडौं । ज्योति विकास बैंकले ई नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा छ जना बालबालिकालाई थ्री डी प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत उक्त कार्य गरेको हो।एक समारोहका बीच कम्पनीले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको बताएको छ ।

प्रदान गरिएका कृत्रिम हातका माध्यमबाट बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास कम्पनीले लिएको छ। हालसम्म कम्पनीले यस्ता कृत्रिम हातहरु २६ जना बालबालिकालाई प्रदान गरिसकेको बताएको छ ।

कम्पनीले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा उक्त संस्थासँग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो। उक्त सहकार्य सम्झौता अनुरुप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गरिएको कम्पनीको भनाइ छ।

कम्पनीले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा छूट

काठमाडौं । सिद्धार्थ बैंक र चितवनको पटिहानीस्थित जङ्गल भिल्ला रिसोर्ट प्रालि बीच विभिन्न सेवामा छुट …

प्रतिकृया दिनुहॊस