सिद्धार्थ बैंकका ग्राहकलाई जङ्गल भिल्ला रिसोर्टमा छूट

काठमाडौं । सिद्धार्थ बैंक र चितवनको पटिहानीस्थित जङ्गल भिल्ला रिसोर्ट प्रालि बीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार कम्पनीका ग्राहकहरुले चितवनस्थित जङ्गल भिल्ला रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फूड र वेभरेजका साथै होटेल बसाई (२ रात र ३ दिन) सेवामा १५प्रतिशतसम्मको छूट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौताले ग्राहकहरुलाई छूटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास कम्पनीले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि कम्पनीले २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने पनि बताएको छ ।

कम्पनीले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकले पायो अन्तरबैंक फुटसलको उपाधी

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र …

प्रतिकृया दिनुहॊस