सिटिजन्स बैंक र पोष्टम इन्फोसिस बीच साझेदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टम बीच साझेदारी भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्ने बताइएको छ ।

पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको सृजना गर्न सक्छन् र ती सृजना गरिएका प्रस्तुतीहरुलाई विभिन्न माध्यममार्फत् मोनिटाइज गर्न सकिने छ ।

यो एपमार्फत सृजनाकर्ताहरूले विभिन्न विधामा जस्तै यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक, रचनात्मक र अन्य चुनौतीहरूमा केन्द्रित रहेर कन्टेन्ट निर्माण गर्न सक्नेछन् । यसरी सामग्री बनाएर आय सृजना गर्ने पोष्टमका प्रयोगकर्तालाई प्रभावकारी वित्तीय पहुँच दिलाउने कम्पनीले बताएको छ ।

प्रयोगकर्ताहरुले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन । यस सहकार्यले सृजनाकर्ताहरूलाई उनीहरूको आम्दानी सिधै उनीहरूका बैंक खातामा जम्मा गरी झिक्न अनुमति दिएर वित्तीय प्रक्रियालाई सरलीकृत र सुव्यवस्थित बनाउने विश्वास बैंकले लिएको छ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब १८ लाख ग्राहकलाई सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस