अस्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत फेला

काठमाडाैं । अस्ट्रेलियाको सिड्नीमा एक नेपाली युवती मृत भेटिएकी छिन् । आइतबार राति सिड्नीको सेन्ट्रलस्थित एक पार्कमा झापाको मेचीनगर नगरपालिका-४ धाइजनकी २७ वर्षीया दीक्षा सिवाकोटी मृत भेटिएकी हुन् ।

उनको मृत्युबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाइसकेको छ । विवाहित दीक्षा चार महिनाअघि अस्ट्रेलिया पुगेको बताइएको छ । त्यहाँ पुगेर काम गर्न सुरु गरेकी उनी सेप्टेम्बर ८ मा कामबाट निस्केपछि बेपत्ता भएकी थिइन् ।

खोजी गर्ने क्रममा उनको शव पार्कमा झुन्डिएको अवस्थामा फेला परेको अस्ट्रेलियास्थित सञ्चारमाध्यमले जनाएका छन् । उनका माइती पक्षले दीक्षाको मृत्युलाई आत्महत्याको रूपमा स्वीकार गरेको छैन । उनीहरूले आत्महत्या दुरुत्साहनमा पतीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

माइती पक्षले अस्ट्रेलियाको पिआर पाएका श्रीमानले उनलाई अस्ट्रेलिया गलत बाटोबाट लगेर गएको बताएका छन् । त्यस्तै उनका श्रीमानले आफ्नो पहिलेको बिहेको बारेमा ढाँटेको समेत पाइएको परिवारले बताएको छ ।

उनको परिवारले यस घटनाको सत्य तथ्य र निष्पक्ष अनुसन्धानका लागि अनुरोध गरेको छ । साथै अन्तिम संस्कारका लागि दीक्षाको शव नेपाल पठाइदिन नेपाली समुदायसँग उनीहरूले आग्रह गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रदेश संरचना हटाउन सकिन्न : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । काँग्रेसको …

प्रतिकृया दिनुहॊस