नेपाल बैंकको नगद निक्षेप मेसिन सञ्चालनमा

काठमाडौं । नेपाल बैंकले काठमाडौंको न्यूरोडस्थित मुख्य शाखा कार्यालयमा पहिलो नगद निक्षेप मेसिन एक कार्यक्रमका बीच उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

सो नगद निक्षेप मेसिनको सञ्चालन पछि ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैंकिङ सेवा विस्तार गरिदै लगिने कम्पनीले बताएको छ ।

नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको कम्पनीको भनाइ छ ।

हाल कम्पनीले आफ्नो २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटीएम काउण्टरबाट सेवा प्रदान गरिरहेको छ । अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्न सधैं कटिबद्ध रहेको पनि कम्पनीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेग्मी गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी नायब प्रमुख कार्यकारी …

प्रतिकृया दिनुहॊस