rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

बैंकिङ प्रणालीबाट १ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

२ भदौमा निक्षेप संकलन उपकरण मार्फत १ खर्ब खिचेकोमा आइतबार उक्त उपकरण परिपक्व हुँदैछ । उक्त उपकरणको सावाँ ब्याज भुक्तानी हुने दिन नै पुन २१ दिनका लागि १ खर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो । यसअघि १२ भदौ र १९ भदौमा ४०–४० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल भएको थियो थियो । जसमध्ये १२ भदौमा २२ अर्ब २० करोड र १९ भदौमा ३७ अर्ब ८० करोड निष्कासन गरेको थियो । २१ दिन अवधिको दुवै उपकरण परिपक्व हुन बाँकी छ ।

चालु आर्थिक वर्ष लागेपछि नेपाल राष्ट्र बैंकले २ अर्ब ४६ अर्ब ४० करोड रुपैयाँ तरलता निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गरी सकेको छ । जस मध्ये १ खर्ब ५८ अर्ब ६० करोड बक्यौता छ । १ खर्ब आज परिपक्व हुन लागेकोमा १ खर्ब खिच्ने भएको हो ।

यसबाहेक स्थायी निक्षेप सुविधा अन्तर्गत ५६ खर्ब ७५ अर्ब १० करोड तरलता खिचेको छ । जसमध्ये १ खर्ब २० अर्ब १५ करोड बक्यौता छ । चालु आवमा २१ खर्ब २१ अर्ब ५० करोड तरलता खिचेकोमा २ अर्ब ७८ अर्ब ७५ करोड बक्यौता रहेको केन्द्रीय बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस