पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन् । बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हाे ।

बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरे संयोजक रहेको तीन सदस्यीय ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले अन्तिम १४ उम्मेदवारमध्येबाट बिहीबार जोशी, धनन्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेको थियो ।

तीन जनाको नाममाथि बोर्डको सञ्चालक समितिको बिहीबारको बैठकमा छलफल गरी जोशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । जोशीले यसअघि पनि सीइओको रुपमा काम गरिसकेका छन् । तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओबिहीन थियो ।

त्यहाँ सीइओ नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले ०८० चैत २४ मा सीइओकालागि दर्खास्त आव्हान गरेको थियो । ६४ जना कर्मचारी रहेको बोर्डको सीइओकालागि पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष संलग्न भएको र स्नातकोत्तर उत्तिर्ण गरेको मापदण्ड राखिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. अर्याल, तीन सदस्य पनि नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.दडिल्लीराज अर्याललाई नियुक्त गरेको छ ।आज …

प्रतिकृया दिनुहॊस