सांकेतिक तस्बिर

९ वर्षीया बालिकालाई याैन दूराचार गर्ने शिक्षक पक्राउ

काठमाडाैं । लमजुङ प्रहरीले बाल यौन दुराचारको आरोपमा एक जना शिक्षकलाई पक्राउ गरेको छ। भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार आरोपमा पक्राउ गरी मुद्दा अघि बढाएको छ । गुरुङलाई बुधबार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको हो ।

प्रहरीका अनुसार ती शिक्षकले सोमबार बिहान आफ्नै कोठामा बोलाएर ती बालिकामाथि यौन दुराचार गरेको आरोप छ । उजुरीपछि ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार …

प्रतिकृया दिनुहॊस