तारकेश्वरमा बालकलाई खोलाले बगायो

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-४ मा खोलाले बगाउँदा एक जना बालक बेपत्ता भएका छन् ।

मंगलबार साँझ लोलङ तरकारी बजार नजिकैबाट खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार …

प्रतिकृया दिनुहॊस