मन्त्रीकाे जिब्रोमा ब्रेक लगाइयोस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा उनले सञ्चारमन्त्री गुरुङ अभिव्यक्ति आपत्तिजनक रहेको बताए । ‘म सत्तापक्षकै सांसद हुँ सभामुख महोदय । तर, माननीय सूचना तथा सञ्चारमन्त्रीज्यूले नेपाल प्रहरीको आइर्जीको जिब्रो थुत्नुपर्छ भनेर अभिव्यक्ति दिनुभएछ, यो अभिव्यक्ति आपत्तिजनक छ । मन्त्रीहरूलाई अनुरोध गर्न चाहन्छु– जिब्रोमा ब्रेक लगाइयोस् ’ उनले भने । सांसद खतिवडाले त्यसबारेमा सदनमा जवाफ दिन पनि माग गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds