काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ६.९० अङ्कले बढेर २८३०.२० विन्दुमा कायम भएको हो ।
मंगलबार ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर एक लाख ४४ हजार १९७ पटक खरिदबिक्री हुँदा १३ अर्ब ५७ करोड ७१ लाख पाँच हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । त्यस्तै सबैभन्दा बढी घट्नेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ८. ८६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४ करोड ७२ लाख २३ हजार २७३ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको ७ लाख ४४ हजार १५० कित्ता शेयर किनबेच भएको छ ।
प्रतिकृया दिनुहॊस