फाइल फाेटाे

काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ ।

गत बुधबार उक्त पालिकाको लुममा रहेको काठेपुलबाट खसेर बेपत्ता भएका २८ वर्षीय बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।

पुलबाट करिब १४ किलोमिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गएको बुधबार बिहानै ८ बजे गाउँपालिको लासी बजारबाट तल्फी जानेक्रममा क १ प १८२० नम्बरको मोटरसाइकल पुलबाट जवा नदीमा खसेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा गिरावट, ५ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । आजको दिन सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा पुगेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds