मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण

काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलको दुरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र (लाइसेन्स) नवीकरण भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले आइतबार आगामी ५ वर्षका लागि एनसेलको इजाजतपत्र नवीकरण गरिदिएको हो ।

गत बिहीबारको मन्त्रिपरिषदको निर्णयअनुसार नै आइतबार इजातपत्र नवीकरण भएको प्राधिकरणले जनाएको छ । सरकारले एनसेललाई २५ वर्षको लागि दुरसञ्चार सेवा सञ्चालको इजाजत पत्र दिएको छ । यस्तो इजाजत पत्र लिएको १० वर्षपछि हरेक ५-५ वर्षमा नवीकरण गर्नुपर्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउ १५ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा आज प्रतितोला सुनमा १५ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

प्रतिकृया दिनुहॊस