मोडर्न कन्या कलेजमा तीज विशेष कार्यक्रम (तस्बिर/भिडियो)

काठमाडौं । मोडर्न कन्या मल्टिपल कलेजले हाम्रो तीज राम्रो तीज कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा वरिष्ठ कलाकार‚ साहित्यकार‚ गीतकार‚ गायिका/नायिका र पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिहरूमा वरिष्ठ कलाकार रश्मि भट्ट‚ नायिका अनु शाह‚ गायिका रीतु कडेल‚ महिला निर्देशक तथा सञ्चारकर्मी सुचित्रा श्रेष्ठ‚ र नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोख्रेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

यसैगरी पत्रकार रोजी पराजुली, न्युज दैनिक तथा नवीन सन्देशकी सम्पादक कल्पना शर्मा, पत्रकार अनुपमा जोशी , टेलिभिजन पत्रकार सृजना मिश्र, रेडियो नेपालकि उषा लोहनी, पर्यटन व्यावसायिक प्रतिक्षा पुरी, मोडल एना कि अध्यक्ष खुशी पाठक, सहकारी अभियन्ता सरिता थापा विभिन्न समाजसेवी महिलालगायत कलेज परिवार बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा कलेजका अध्यक्ष डा. रामप्रसाद दाहालले तीजको महत्व र सांस्कृतिक पक्षमा प्रकाश पार्नुभएको थियो । प्रा. कल्पना खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा छात्राहरूले तीज नृत्य प्रस्तुत गरेका थिए‚ जसमा पाहुनाहरू पनि सामूहिक नृत्यमा रमाए ।

सो अवसरमा कलेज परिचय विमोचन गरिनुका साथै नायिका अनु शाहलाई सम्मान गरिएको थियो । उदघोषण उप प्रा. कोपिला कोइरालाले गर्नुभएको थियो । कार्यक्रमको समापनपछि तीज दरको व्यवस्था समेत गरिएको थियो‚ जसको सौजन्य साहित्यकार तथा शिक्षासेवी रमेशमोहन भट्टराईले गर्नुभएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस