क्रियाशील महिला पत्रकारको अध्यक्षमा खड्का

काठमाडौं । क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) को अध्यक्षमा रामकला खड्का चयन भएकी छिन् । शनिबार काठमाडौंमा भएको १२औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट सर्वसम्मतिमा उनी अध्यक्षमा चयन भएकी हुन् ।

अधिवेशनले उपाध्यक्षमा चन्दा विष्ट, महासचिवमा रमिताकुमारी लामा, सचिव रुक्मिणी पोखरेल र कोषाध्यक्षमा दीपा आलेलाई चयन गरेको छ । त्यसैगरी विशेष सदस्यमा सङ्गीता लामा, सदस्यहरूमा अम्बिका राजथला, सोनी शर्मा, शोभा मानन्धर, सीता विके, रुपा खड्का र लक्ष्मी बस्नेत चयन भएका छन् । १२औँ साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन शनिबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले गरेकी थिइन् ।

सन् २००६ मा स्थापना भएको डब्लूडब्लूजेले स्वतन्त्र र जिम्मेवार प्रेसको वकालत गर्दै पत्रकार महिलाको हकहित तथा दक्षता अभिवृद्धिका लागि काम गर्दै आएको छ । संस्थाले महिला र सञ्चार क्षेत्रका नीति र कानुनलाई नजिकबाट अध्ययन एवं विश्लेषण गर्दै सम्बन्धित निकायलाई निरन्तर सुझाव दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खेतमा भेटिएको नवजात शिशुलाई सहनी परिवारले गोद लिए

काठमाडौं ।रौतहट जिल्ला सदरमुकाम गौर स्थित खेतमा बेवारिसे अवस्थामा भेटिएको नवजात शिशु लाई एक परिवारले …

प्रतिकृया दिनुहॊस