डेराबाट हराइरहेका बालक फेवातालमा मृत्त भेटिए

पोखरा । पोखराको फेवातालमा शुक्रबार एक डुबेको अवस्थामा मृत्त भेटिएका छन् । मृत्यु हुनेमा पर्वतको फलेबास नगरपालिका–२, थापाठाना घर भई हाल पोखरा–७, अन्नपूर्णटोल बस्ने सूर्यबहादुर क्षत्रीका १३ वर्षीय छोरा प्रस्ताव छन् ।

बिहीबार दिउँसो साढे १ बजे कोही कसैलाई नसोधी डेरा कोठाबाट निस्केका उनी साँझसम्म घर नफर्केपछि खोजतलास सुरु भएको थियो । घर परिवारले पनि प्रहरीलाई खबर गर्नुका साथै उनको खोजीका लागि सामाजिक सञ्जालमार्फत सबैसँग अपील गरेका थिए ।

साथीहरूसँग बुझ्दा ड्यामसाइडस्थित फेवातालमा हाम फालेको भन्ने जानकारी शुक्रबार दिउँसो ३ बजे गराएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली र गण्डकी प्रदेश प्रहरी गण पोखरा तथा सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर, मालेपाटनबाट समेत संयुक्त उद्धार टोली खटिएको थियो । टोलीले साढे ४ बजे डुबेको अवस्थामा फेला पारेको थियो । उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुँदै

काठमाडौँ । हिमाल मल्टिमिडियाको आयोजनामा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुनेभएको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds