कुमारी बैंकको प्रवर्द्धनमा सञ्चालित ३ म्युचुअल फण्डको लाभांश घोषणा

काठमाडाैं । कुमारी बैंकको कोष प्रवर्द्धनमा सञ्चालन भएका विभिन्न म्युचुअल फण्डका तीन वटा योजनाले लाभांश घोषणा गरेका छन् ।

कुमारी धनवृद्धि योजनाबाट इकाईधनीले करसहित ९.५० प्रतिशत नगद लाभांश पाउने छन् ।जसअनुसार इकाईधनीले लाभांशस्वरुप ११ करोड ६३ लाख रुपैयाँ रकम प्रदान गरिने योजना व्यवस्थापक कुमारी क्यापिटलले बताएको छ ।

त्यस्तै अर्को योजना कुमारी इक्वीटी फण्डले पनि इकाईधनीलाई ९.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यस योजना अन्तर्गत इकाईधनीले ९ करोड ५० लाख रुपैयाँ पाउने छन् ।

त्यस्तै, कुमारी सुनौलो लगानी योजनाले १०.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । भदौ १० गतेसम्म कायम इकाईधनीले यो लाभांश पाउने छन् ।

म्युचुअल फण्डले प्रदान गर्ने नगद लाभांश इकाइधनीको सिधै बैंक खातामा पठाउने पनि कम्पनीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds