ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडाैं । ज्योति विकास बैंकले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । कम्पनीले मंगलबारदेखि संस्थापक शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको उक्त शेयरका लागि जोसुकै व्यक्ति तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।  उक्त शेयर खरिदका लागि आगामी   ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

इच्छुक लगानीकर्ताले कम्पनीको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा  आफूले खरिद गर्न चाहेको शेयरको परिमाण उल्लेख गरेर आवेदन दिनुपर्नेछ।

कम्पनीले बिक्रीमा ल्याएको शेयरको परिमाण र मूल्य भने सूचनामा उल्लेख गरेको छैन । सूचनामा उल्लेख भएअनुसार उक्त शेयर खरिद गर्ने खरिदकर्ता संस्थापक समूहमा पर्ने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds