मंगलबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम रहेको हो ।

अघिल्लो कारोबार दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँ नै थियो । गत बुधबार भने घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च थियो । बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँ कायम थियो ।

यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । सोमबार भने यसको मूल्य प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds