मंगलबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ । सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम रहेको हो ।

अघिल्लो कारोबार दिन सोमबार पनि सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँ नै थियो । गत बुधबार भने घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च थियो । बुधबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँ कायम थियो ।

यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । सोमबार भने यसको मूल्य प्रतितोला १ हजार ८ सय ४० रुपैयाँ थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री