फोनपेको नयाँ अभियान : १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक

काठमाडौं । फोनपेले लोकप्रिय आइसक्रीम ब्राण्ड बास्किन-रोबिन्ससँगको सहकार्यमा आफ्नो नयाँ अभियान फोन ट्याग स्कुप एन्ड सेभको घोषणा गरेको छ। यो अभियान आइतबारदेखि सुरू भएको हो । य

सले कन्ट्याक्टलेस पेमेन्टका फाइदाहरूलाई एक आकर्षक अफरमार्फत प्रकाशमा ल्याउन लक्ष्य राखेको छ।

फोन ट्यागमार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक, २ सय रुपैयाँसम्मको लाभ लिन सक्ने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकहरूले फोनपे एप वा फोनट्याग सक्षम मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

कम्पनीका अनुसार यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्दछ, जसले इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्याहरूलाई हटाउँछ र भुक्तानीलाई छिटो र सजिलो बनाउँछ।

यो प्रस्ताव नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा उपलब्ध हुनेछ, जसमा बूढानीलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, थमेल, दरबारमार्ग, आइप्लेक्स मॉल (मिड-बानेश्वर), बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मॉल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपूल (पोखरा), बुटवल, बिरगञ्ज, विराटनगर, हेटौडा, र भाइसेपाटी समावेश छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माईपेको दसैँ मेला, कारोबार गर्दा स्कुटरदेखि आईफोनसम्म जित्न सकिने

काठमाडौं । डिजिटल वालेट माईपेले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडबाडको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds