८ घन्टापछि खुल्यो आँबुखैरेनी-मुग्लिन सडक

काठमाडौं ।  गत शुक्रबार मर्स्याङ्दी नदीमा खसेको बस निकालिएसँगै पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी-मुग्लिन सडक खुलेको छ ।

बसलाई क्रेनको सहायताले सडकमा निकालिएपछि दिउँसो सवा २ बजेदेखि सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी एवं प्रवक्ता दीपक रायले जानकारी दिए । उनका अनुसार बसलाई अहिले सडक छेउमै राखिएको छ। अहिले दुवैतर्फ रोकिएका सवारी निर्वाध संचालन भइरहेका छन् ।

यसअघि बिहान ६ देखि १० बजेसम्म मात्र सडक बन्द गरिने सूचना जारी गरिएको थियो । निर्धारित समयमा बस निकाल्न नसकेपछि सवारी साधन लामो जाममा परेका थिए । गत शुक्रबार पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक मर्स्याङ्दी नदीमा खसेको थियो ।

दुर्घटनामा २७ भारतीयको मृत्यु भएको थियो भने १६ जना घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सीके राउतबाट ज्यानको खतरा रहेको निवेदन लिएर प्रहरीमा पुगिन् पत्नी सोनी सिन्धु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु शान्ति सुरक्षाको माग गर्दै निवेदन लिएर प्रहरीका पुगेकी छन् । उनी राउतको तर्फबाट विभिन्न किसिमका धम्की र मानसिक यातना भोगेको बताउँदै ललितपुरस्थित इमाडोल प्रहरी प्रभागमा निवेदन दिन पुगेकी हुन् । सिन्धुका अनुसार प्रहरीबाट निवेदन लिन आनाकानी भएको थियो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds